८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

ट्र्याक्टर दुर्घटनामा युवकको मृत्यु

उर्लाबारी- ट्र्याक्टरबाट खसेर मोरङ राजघाट–५ गुरुङ टोलमा आज दिउँसो एक युवकको घटनास्थलमै मृत्यु भएको छ । मृत्युहुनेमा इटहरा–३ का २२ वर्षीय सागर धामी थारु रहेको प्रहरीले जनाएको छ ।

उर्लाबारी–बरडंगा सडकखण्डअन्तर्गत इटहराबाट उर्लाबारीतर्फ आउँदै गरेका को२त ४२१२ नंको ट्याक्टरबाट खसेर सोही ट्र्याक्टरका सहचालक धामी थारुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजकुमार राईले जानकारी दिए । ट्र्याक्टर र त्यसका चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । रासस

प्रकाशित: २४ आश्विन २०७३ १५:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App