३ माघ २०८१ बिहीबार
image/svg+xml
समाज

बंगलादेशी फ्रुटो जुस खाएका स्कूले बालक बिरामी

रौतहट– बंगलादेशमा बनेको प्रण ब्राण्डको फ्रुटो जुस पिउँदा एक स्कूले बालक बिरामी परेका छन। गौर नगरपालिका वडा नम्वर १० सपगढाका हैरात अलीको ११ वर्र्षीय छोरा शेख राहुल बंगलादेशी प्रण ब्राण्डको पेय पदार्थ फ्रुटो आइतबार दिउँसो खाँदा अचानक बिरामी परेर उपचारको लागि जिल्ला अस्पताल गौरमा भर्ना भएको हो।

गौरस्थित राईजिग इंगलिश बोर्डिग स्कूलमा कक्षा ४ मा अध्ययनरत छात्र राहुल विद्यालय छुट्टि भएपछि महालक्ष्मि जेनरल स्टोर्स गौर ८ मा पुगेर फ्रुटो किनेर आएका थिए । आधा बोतल फ्रुटो पिएपछि अचानक बोतलमा रहेका जुसको रंग परिवर्तन भई कालो भएको र केही वेरमै वाकवाक लागेर मुर्छा परेका बालकलाई उपचारको लागि गौर अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

अस्पतालमा उपचारको केही घण्टापछि बालक होसमा आएको जानकारी दिँदै आकस्मिक कक्षका इन्चार्ज एवं हेल्थ अशिष्टेण्ट प्रविण झाले बालकको अवस्था सामान्य रहे पनि अहिले केही भन्न नसकिने बताए।

यता प्रहरीले प्रण ब्राण्डको पेय पदार्थ फ्रुटो किनेका पसलमा रहेका अन्य दुई बोतल नमुनाको रुपमा लिँदा त्यसमा पनि केही गन्ध आइरहेको जानकारी दिँदै डिएसपी नविनकृष्ण भण्डारीले बालक सेवन गरेको बोतलका केही फ्रुटो र अन्य दुई बोतल जुसलाईसँग राखेर आवश्यक अनुसन्धान भइरहेको तथा पसल संचालन गौर ४ महादेवपट्टीका केदार साहलाई नियन्त्रणमा लिएको बताए।

प्रकाशित: १६ आश्विन २०७३ १४:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App