६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

हुन्डी कारोबारमा संलग्न पाँच पक्राउ

वीरगन्ज- हुन्डीको कारोबार गर्ने पाँच जनालाई प्रहरीले ठूलो मात्रामा रकमसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साबाट आज खटिएको प्रहरी टोलीले वीरगन्ज उपमहानगरपालिका– ६ रेशमकोठीबाट सन्तोषकुमार जैन, उषा गोयन्का, विक्कि जैन, सुनिलकुमार पटेल र जिवन ठाकुरलाई पक्राउ गरेको हो। उनीहरुबाट प्रहरीले रु ८१ लाख नगद, रु एक करोड ३२ लाख ८७ हजारबराबरको चेक, ल्यापटप, फ्याक्स मेसिन, पैसा गन्ने मेसिन एक–एक थान र मोबाइल छ थान बरामद गरेको प्रहरी उपरीक्षक राजबाबु श्रेष्ठले जानकारी दिए।

हुन्डीको कारोबारमा संलग्न रहेका पाँचै जनालाई वित्तिय सम्बन्धि ऐन २०६३ अन्तर्गत थुनामा राखि कारबाही प्रक्रिया अघि बढाएको उनले बताए। पक्राउ परेकाहरु लामो समयदेखि हुन्डी बारोबारमा संलग्न रहँदै आएका बताइएको छ। रासस

 

प्रकाशित: १६ आश्विन २०७३ १४:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App