७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

खैरो हेरोइनसहित पाँच पक्राउ

काठमाडौं- काठमाडौंका विभिन्न स्थानबाट अवैध लागुऔषध खैरो हेरोइन ४३.५ ग्राम र नगद ६८ हजारसहित लागुऔषध नियन्त्रण ब्यूरोका प्रहरीले मङ्गलबार पाँचजनालाई पक्राउ गरेको छ । 

काठमाडौं–८ जयबागेश्वरी बस्ने सूर्य सङ्गतलाई काठमाडौँ–८ पिङ्गलास्थानस्थित सडक किनारमा बा.४१ प ३४०६ नम्बरको मोटरसाइकलमा बसिरहेको अवस्थामा खैरो हेरोइन सात ग्राम र उनलाई लागुऔषध बिक्री गर्ने बाँके नेपालगन्ज–१० का सुनिल गुप्तालाई तिलगङ्गाबाट ५.५ ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको हो । 

प्रारम्भिक अनुसन्धानपछि नेपालगन्जस्थित पानस फर्मास्युटिकल्स प्रालिका लाइजो अफिसर भएको खुल्न आएका गुप्ताले औषधि व्यवस्था विभाग बिजुलीबजार काठमाडौँमा दर्ता रहेको उक्त प्रालिको नाम लेखेको दराजभित्र लुकाइ राखिएको खैरो हेरोइन २२ ग्राम र डिजिटल तराजु एकथानसमेत फेला परेको छ । 

उनले काठमाडौँ गौशालास्थित साउथ एसियन गेस्ट हाउसको कोठा नम्बर २०८ मा बस्दै गरेका बाँके नेपालगन्ज–८ रानीतलाउका प्रकाश जोशी, नेपालगन्ज–५ का सद्दाम अन्सारी, नेपालगन्ज–१० का वीरेन्द्र सिंहलाई लागुऔषध बेचेको भन्ने सूचनाको आधारमा तीनै जनालाई हेरोइन नौग्राम र रु ६४ हजारसहित गेस्ट हाउसबाट प्रहरीले पक्राउ गरेको छ । रासस 

प्रकाशित: १२ आश्विन २०७३ १३:०९ बुधबार

हेरोइनसहित पक्राउ