१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

चार सुत्रीय माग राख्दै डा.गोविन्द केसी नवौं अनशनमा

अाफ्ना मागबारे जानकारी दिँदै डा. केसी। तस्बिर:प्रवीण ढकाल

काठमाडौं–अख्तिया प्रमुख लोकमानसिंह कार्की र आयुक्त राजनारायण पाठकमाथि तत्काल महाअभियोग प्रक्रिया अगाडि बढाउनुपर्ने माग गर्दै
शिक्षण अस्पताल महाराजगंजका वरिष्ठ डा. गोविन्द केसीले नवौं अनशन बस्ने घोषणा गरेका छन्। 

सोमबार पत्रकार सम्मेलन गर्दै उनले मेडिकल शिक्षाको शुल्क कार्यदलले निर्धारण गरेको कमोजिमत तथा पछिल्लो सम्झौता बमोजिम कायम गर्दै पछिल्लो पटक निजी मेलिकल कजेलका प्रतिनिधिद्वारा बनाइएको  समिति खारेज गर्नुपर्ने माग राखेका छन्। डा. केसीले यसअघि सरकारसँग भएका सम्झौताका बाँकी बुँदा तत्काल कार्यान्वयन गर्न मागसमेत गरेका छन्।

उनले आइओएममा तत्काल वरिष्ठताका आधारमा डिन नियुक्त गर्नुपर्ने, चिकित्सा शिक्षा ऐनको मर्मविपरित संसदमा विचाराधीन पक्रिया फिर्ता गर्नुपर्ने, आइओएमका भ्रष्ट पूर्वपदाधिकारीमाथि तत्काल छानविन गरी कारवाही गर्नुपर्नेलगायतमा माग राखेका छन्।   सरकारसमक्ष आफूहरुले पेश गरेका सुझाव अनुरुप संशोधन गरी चिकित्सा शिक्ष ऐन संसदको यही अधिवेशनबाट पास गर्नुपर्ने उनले माग गरेका छन्। डा. केसी अहिले चारबजेबाट अनशन बस्दैछन्।

 

प्रकाशित: १० आश्विन २०७३ १०:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App