२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पानी तान्ने माेटरकाे तार मिलाउँदा करेन्ट लागेर युवकको मृत्यु

पर्सा– पर्साको कौवावनकटैया गाविसमा शुक्रबार करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

गाविस–१ निवासी २६ वर्षीय अलिहसन अन्सारीको करेन्ट लागेर मृत्यु भएको हो। आफ्नै घरको धारामा जडान गरिएकोे विद्युतीय मोटरको तार मिलाउने क्रममा करेन्ट लागी गम्भीर बिरामी भएका अन्सारीको उपचारको क्रममा वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

करेन्ट लागि गम्भीर बिरामी भएका अन्सारीलाई प्रहरी भ्यानमा राखी इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका सुरक्षाकर्मीले उपचारको लागि उपक्षेत्रीय अस्पताल पुर्याएपछि उनको उपचारको क्रममा मृत्यु भएको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जानकारी दिए। रासस

प्रकाशित: ७ आश्विन २०७३ १२:५२ शुक्रबार

पानी तान्ने माेटरकाे तार मिलाउँदा करेन्ट लागेर युवकको मृत्यु