१ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

परीक्षाफल प्रकाशित

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ काे विज्ञान समुहतर्फको पुनर्योगको नतिजा शुक्रबार सार्वजनिक गरेको छ। विज्ञान समुहतर्फको नतिजा प्रकासन भएको एक महिनाभत्रि पुनर्योगको नतिजा सार्वजनकि भएको परीक्षा नियन्त्रक सन्तोस अर्यालले बताए।

पुनर्योगका लागि कुल २ हजार ६ सय ७० विद्यार्थीले निवेदन दिएकोमा १ सय ६६ विद्यार्थीको नतिजमा परिवर्तन भएको नियन्त्रक अर्याल बताउँछन्। अर्थात् ५ प्रतिशत नतिजामा सुधार भएको हो।

विज्ञान समुहतर्फ नतिजा सार्वजनिक भएपछि विद्यार्थीले विशेष गरी  अंग्रेजी, भौतिक शास्त्र, जिवविज्ञान, गणित, रसायन शास्त्रमा पुनर्योगको लागि निवेदन दिएका थिए।

‘राष्ट्रिय परीक्षा बोर्डले सकेसम्म त्रुटिरहित नतिजा प्रकासन गर्न प्रयास गर्छ, ’नियन्त्रक अर्यालले नागरिकसँग भने, ‘पुनर्योगको लागि निवेदन दिएका विद्यार्थीहरु मध्ये वर्षेनी ५ प्रतिशतकै हाराहारीमा मात्र नतिजा फेरिन्छ,’ उनले थपे, ‘ब्यवस्थापन, मानविकी र शिक्षा समुहतर्फको पुनर्योगका लागि निवेदन दिने अन्तिम म्याद असोज ११ गतेसम्म तोकिएको छ।’ 

एक विषयको पुनर्योगका लागि विद्यार्थीले ५ सय रुपियाँ तिर्नु पर्छ।

प्रकाशित: ७ आश्विन २०७३ १२:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App