१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

तिवारीलाई रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता पुरस्कार

विराटनगर-  नेपाल प्रेस युनियन मोरङले यस वर्षको रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता पुरस्कार नागरिक दैनिकका स्थानीय सम्पादक अजित तिवारीलाई प्रदान गर्ने निर्णय गरेको छ। प्रेस युनियन मोरङद्वारा गठित छनौट समितिको मंगलबार बसेको बैठकले ११ हजार १ सय ११ रुपैयाँ राशिको उक्त पुरस्कार सम्पादक तिवारीलाई प्रदान गर्ने निर्णय गरेको समितिका सदस्य कुमोद अधिकारीले जानकारी दिए।

युनियनले पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष दीपक दाहालको संयोजकत्वमा महासंघका पूर्व अध्यक्ष विक्रम निरौला, युनियनका पूर्व अध्यक्ष कुमोद अधिकारी, सल्लाहकार भोजराज बस्नेत र शाखा अध्यक्ष मीनकुमार नवोदित सदस्य रहेको छनौट समिति गठन गरेको थियो । पाँच दशकभन्दा लामो समयदेखि राजनीति र साहित्यमा सक्रिय रमाप्रसाद रिजाल र उनकी धर्मपत्नी मायादेवी रिजालको नाममा छोरा सुवास सहितका परिवारले स्थापना गरेको पुरस्कार प्रेस युनियन मोरङले हरेक वर्ष वितरण गर्ने गरी पुरस्कार स्थापना गरेका हुन् । पुरस्कारका लागि रिजाल परिवारले २ लाख रुपैयाँको अक्षय कोषसमेत खडा गरेका छन् । रिजालका विभिन्न साहित्यिक कृतिहरु प्रकाशित छन् । हरेक प्रजातान्त्रिक आन्दोलनमा रिजालको महत्वपूर्ण भूमिका रहेको छ। हरेक वर्ष प्रदान गरिने उक्त पुरस्कार पहिलोपटक तिवारीलाई प्रदान गर्न लागिएको हो।

               

प्रकाशित: ४ आश्विन २०७३ ११:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App