५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

पहिरोले पोखरा-बागलुङ सडक अवरुद्ध

पर्वत- गएरातिदेखि परेको मुसलधारे वर्षाका कारण पहिरो र खोलामा बाढी आउँदा पोखरा-बागलुङ सडक अवरुद्ध बनेको छ। पर्वतको कुश्मा नगरपालिका-११ स्थित चुवाखोलामा आएको बाढीका कारण रातिदेखि नै सडक अवरुद्ध बनेको हो।

बाढीले ठूलो मात्रामा ढुङ्गामाटो बगाएर सडकमा थुपारेपछि र खोला नजिकै पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय, पर्वतले जनाएको छ। 

बिहान ३ः३० बजेदेखि अवरुद्ध बनेको सडक खुलाउनका लागि पहल भइरहेको जिल्ला ट्राफिक प्रमुख महेन्द्र रानाभाटले जानकारी दिइ। उनका अनुसार सडक डिभिजन कार्यालय बागलुङमा सम्पर्क गरी डोजर मगाइएको र ९ बजेसम्म सडक सञ्चालन गर्न सकिने छ। 

सडक अवरुद्ध हुँदा धौलागिरि अञ्चलका बागलुङ, म्याग्दी, मुस्ताङ र पर्वतको कुश्माबाट बिहानी सेवामा छुटेका लामो तथा छोटो दूरीका यातायात अलपत्र परेका छन् भने अन्यत्रबाट धौलागिरितर्फ आएका रात्रि सेवाका सवारी साधन डिमुवामा रोकिएको जिप्रका, पर्वतले जनाएको छ। रासस 

प्रकाशित: २ आश्विन २०७३ ०३:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App