११ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

वातावरण संरक्षाणमा एनसेलको सहकार्य

काठमाडौं–मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले धनुषा क्षेत्रमा वृक्षारोपण तथा पर्यावरण संरक्षण र प्रवद्र्धन सम्बन्धी जनचेतनामुलक कार्यक्रम गरेको छ ।

एनसेलले धनुषाधाम संरक्षित वनको ३३ हेक्टर जमिनमा ५० हजार बोटविरुवा वृक्षारोपण गरेको बताएको छ। एनसेलले एक विज्ञप्ति जारी गर्दै आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत स्थानीय समुदायको सहभागीतामा दिगो पर्यावरण संरक्षणका लागि वृक्षारोपण लगायतका कार्यक्रममा संचालन गरेको जनाएको छ ।

मिथिला वाइल्डलाइफक ट्रस्टका अध्यक्ष देव नारायण मण्डलले भने, ‘यस क्षेत्रमा जनचेतना अभिवृद्धि र स्थानीय समुदायलाई जिविकोपार्जनका वैकल्पिक उपाय अत्यावश्यक रहेको परिप्रेक्षमा एनसेलले गरेको वृक्षारोपण तथा जनचेतनामुलक कार्यक्रमले वातावरण संरक्षणलाई प्रोत्साहान गरेको छ।’

एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले  एनसेल पर्यावरण सम्बद्र्धनमा सधैं प्रतिबद्ध रहेको बताए। गैरकानुनी रुपमा वनफडानी तथा अतिक्रमाण बढेपछि सरकारले  विं.सं २०६९ साल फाल्गुन २० गते धनुाषाधाम वनलाई संरक्षितवन घोषणा गरेको थियो।

 

प्रकाशित: २७ भाद्र २०७३ ०९:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App