२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

ज्येष्ठ नागरिकलाई सम्मान

धुलिखेल नगरपालिका-९ मा स्थानीय ज्येष्ठ नागरिक र लामो समयसम्म राजनीतिक, सामाजिक, धार्मिक एवं सरकारी सेवामा समर्पित भएका नागरिकलाई सम्मान गरिइएको छ।

वडा कार्यालयद्वारा शनिबार काभ्रेभञ्ज्याङमा आयोजित कार्यक्रममा सामाजिक सेवाका अग्रज तथा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो। समाज परिवर्तनमा ज्येष्ठ नागरिकले गरेको योगदानको स्मरण एवं कदर गर्दै उनीहरूलाई दीर्घजीवनको कामनासहित सम्मान गरिएको वडाध्यक्ष बद्रीप्रसाद हुमागाईँले बताए। सम्मानितलाई दोसल्ला र सम्मानपत्र तथा ज्येष्ठ नागरिकलाई ब्ल्यांकेटसमेत प्रदान गरिएको थियो।

कार्यक्रममा धुलिखेल नगरप्रमुख अशोक ब्याञ्जूले अग्रज पुस्ताको सही मार्गनिर्देशअनुसार नयाँ पुस्ता सामाजिक यात्रामा हिंड्नुपर्ने बताए। नगर उपप्रमुख निराजन जङ्गम, राष्ट्रिय भूमि आयोगका जिल्ला सदस्य वासुदेव हुमागाईँ लगायतले अग्रजको सामाजिक कामको अनुशरण गर्दै आफूहरू सामाजिक सेवामा लागेको बताए। रासस

प्रकाशित: २२ माघ २०७९ ०२:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App