१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

उपसचिव पन्तसँग लिखित स्पष्टीकरण माग

काठमाडौँ-अनुगमनपूर्व नै व्यापारीलाई जानकारी दिएको भन्दै आपूर्ति मन्त्रालयले उपसचिव अर्जुन पन्तलाई २४ घन्टाभित्र लिखित स्पष्टीकरण दिन भनेको छ।

छड्के अनुगमन गरिरहेका बेला मङ्गलबार व्यवसायीलाई अग्रिम सूचना दिएको भन्दै आपूर्ति मन्त्रालयका उपसचिव पन्तसँग २४ घन्टे लिखित स्पष्टीकरणको मागसँगै सूचना अधिकृतको जिम्मेवारीबाट हटाइएको मन्त्रालयका सहसचिव आनन्दराम रेग्मीले जानकारी दिए।

पन्तले एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष शिव घिमिरेलाई अनुगमन हुन लागेको सूचना अग्रिम रुपमा दिएपछि मङ्गलबार बेलुकै पन्तसँग स्पष्टीकरण सोधिएको हो। रासस

 

प्रकाशित: १ भाद्र २०७३ १४:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App