१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

विराटनगरमा भूकम्पबाट बच्ने र उद्दारको पूर्वअभ्यास

२५ औं राष्ट्रिय भूकम्प दिवस विराटनगरमा भूकम्पबाट हुन सक्ने क्षतिको न्यूनीकरण र त्यस उद्दारको पूर्वअभ्यास गरी मनाइएको छ।

भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार भन्ने मूल नाराका साथ प्रदेश सरकारले २५ औं भूकम्प सुरक्षा दिवस मनाएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले भूकम्प सुरक्षा सम्बन्धी कृत्रिम घटना बनाई पूर्वअभ्यासको कार्यक्रम आयोजना गरेको थियो।

भूकम्पबाट हुने जोखिम, क्षतिलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीले कृत्रिम अभ्यास गरेर बच्ने उपाय प्रदर्शन गरेका थिए। भूकम्प आएसँगै घरमा किचिएका र थुनिएका तथा भूकम्पबाट घर क्षति हुँदा विद्युत् सट् भई हुन सक्ने आगलागीबाट पीडितहरुको कसरी उद्दार गर्न सकिन्छ भन्ने विषयमा पूर्वअभ्यास प्रदर्शन गरिएको हो।

भूकम्पीय जोखिम न्यूनीकरण तथा पूर्व तयारीका विषयमा नयाँ नयाँ प्रविधि र उपयाहरुको प्रभावकारी कार्यान्वयन कसरी गर्न सकिन्छ भन्ने अभ्यास गरेर देखाइएको थियो। नेपालमा विक्रम संम्वत् १९९० साल माघ २ गते आएको महाभूकम्पको सम्झना गर्दै विभिन्न जनचेतना मूलक कार्यक्रम गरी भूकम्प सुरक्षा दिवस मनाउने गरिएको हो।  

प्रकाशित: २ माघ २०७९ १३:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App