१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

तीनसय मिटर गहिरो खोँचमा फसेका छन ३२ शव, निकाल्नका लागि क्रेन प्रयोग (अपडेट)

पोखराको सेतीखोँचमा खसेको जहाजको यात्रुलाई क्रेनबाट बाहिर निकाल्ने प्रयास गरिँदै। तस्बिरः नागरिक

पोखरामा आइतबार बिहान दुर्घटनामा परेको जहाज पोखराको बीचबजार भएर बग्ने सेती खोँचमा खसेको छ। यो खोँच आफैमा पनि जोमिपूर्ण छ। ठाउँठाउँमा खाडल र तल सेती नदि लुकेर बग्ने भएकोले माथिल्लो सतहबाट नदी समेत देख्न सकिन्न।  

नदी र जमिनको सतह निकै नै गहिरो भएकोले हत्तपत्ति खोज्न जान पनि सहज नभएको उद्धारमा खटिएका स्थानीय र प्रहरीले बताएका छन्। कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार अहिलेसम्म ३२ जनाको शव खोँचमा देखिएको छ, तर, निकाल्न सकिएको छैन। उनका अनुसार जमिनको सतह र खोँचको पानीको दुरी नै करिब तीनसय मिटर भएकोले पनि निकै गहिरोमा पुगेर उद्धार र खोज गर्नुपर्ने भएकोले समस्या भएको उनले बताए ।  

‘३२ जनाको शव देखिएको छ। तर, निकाल्न सकिएको छैन। एउटै शव निकाल्न पनि आधा घण्टा लाग्छ,’ एसपी केसीले भने, ‘भौगोलिक कठिनताले गर्दा बेलैमा उद्धार गर्न सकस भएकै हो।’ यतीसम्मकी खोँचमा फसेका यात्रुको शव निकाल्नका लागि क्रेन नै परिचालन गर्नुपरेको छ। खोँचको भिरालोमा अड्किएका यात्रुको शव निकाल्नका लागि क्रेन नै प्रयोग गरिएको एसपी केसीले बताए।  

गहिरो खोँचमा खसेकाले उद्धारमा निकै नै समय लागेको पनि उनले बताए। ‘आज नै सबैको शव बाहिर निकाल्न सकिने सम्भावना छैन। खोँचमा अध्यारो भईसकेको छ,’ उनले भने, ‘रातभरि कुरेर भएपनि भोलि बिहानबाट पुन उद्धार र खोज सुरु हुनेछ।’ उनका अनुसार अहिलेसम्म ३४ जनाको शव अस्पताल पठाइएको छ भने ३२ जनाको खोँचमा देख्न सकिन्छ। उनका अनुसार तिनवटै सुरक्षा निकाय (प्रहरी, सेना र सशस्त्र) प्रहरीको पोखरामा रहेको विपद् व्यवस्थापन टोली आवश्यक सामाग्री सहित खोज र उद्धारमा खटिएको छ। कम्तिमा पाँचसय जना सुरक्षाकर्मी उद्धारमा खटिएको उनले बताए।  

प्रकाशित: १ माघ २०७९ ११:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App