११ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

बाढीकाे डरले ढुक्कसँग निदाउँदैनन् दुनैबासी

दुनै (डोल्पा)– वर्षा यामको सुरुवात सँगै डोल्पा सदरमुकाम दुनैमा बाढीको उच्च जोखिम रहेको छ। सदरमुकामको छेउमै पर्ने ठूलो भेरीमा पानीको बहाव औसत भन्दा धेरै बढेपछि सदरमुकामनै उच्च जोखिममा परेको हो।

नदी किनार आसपासमा रहेका घर बाढीको उच्च जोखिममा रहेका छन्। पानी पर्दा बाढीबाट ज्यान जानसक्ने डरले सर्वसाधारण राति सुःखसँग सुत्न नपाएको स्थानीयवासीको गुनासो छ। साउन र भदौ दुई महिनामा रातभर नदीको गड्याङगुडुङले निन्द्रा बिथोलिने गरेको स्थानीयवासी ओम मगरले बताए।

हरेक वर्ष वर्षा यामसँगै ठूलो भेरीमा बढ्ने नदीको बहावले आसपासका दर्जनौँ घरमा क्षति पुर्याउने गरेको मगरले बताए। नदी तटबन्धनका लागि वार्षिक लाखाैं रुपैयाँ बराबरको रकम जिल्ला विकास समितिलगायत विभिन्न निकायले विनियोजन गर्ने गरे पनि यसको सही सदुपयोग हुन नसकेको स्थानीय बासिन्दाले बताए।

ठूलो भेरीको मार्गमा रहेको सदरमुकाम दुनै कुनै पनि बेला बाढीको चपेटामा पर्ने निश्चित रहेकाले सतर्क रहनुपर्ने स्थानीयवासी लोकेश खत्रीले बताए। रासस

प्रकाशित: १८ श्रावण २०७३ ०८:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App