इटहरी–अविरल परेको बर्षाले पाँच दिनको अवधिमा सुनसरीमा २८५ घर–परिवारका १ हजार ४ सय ६१ जना बिस्थापित भएका छन् ।
साउन ७ गतेदेखि ११ गतेसम्मको अवधिमा इटहरीका २, धरानका १५, दुहवी भलुवाका १७, छिटाहाका ४६, अमडुवाका ३, अमाहीवेलाका १७, राजगन्ज सिनुवारीका ५, बसन्तपुरको १ र रामनगर भूटाहाका ९ घरपरिवारका बिस्थापित भएका छन् ।
अहिलेसम्म कुनै मानवीय तथा ठूलो भौतिक क्षती नभएपनि पानी जमेर घरमा बस्नै नहुने भएकाले गर्दा सर्वसाधारण बिस्थापित भएका हुन् ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार विस्थापित परिवार आफन्तसँगै नजिककै सुरक्षित स्थानमा बसोबास गदैं आएका छन् ।
प्रकाशित: १२ श्रावण २०७३ ०८:१८ बुधबार