१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

कर्णाली राजमार्ग पुरानै अवस्थामा, आवतजावतमा समस्यै समस्या

गत असोज महिना आएको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण अवरुद्ध कर्णाली राजमार्गको जुम्लादेखि सुर्खेतसम्म सडक अझै स्तरान्नती हुन सकेको छैन। 

वि.सं २०६३ सालमा जसरी यस सडकको ट्र्याक खोलिएको थियो,अहिले पनि त्यही अवस्थामा पुगेको छ। जुम्लादेखि सुर्खेतसम्मको २ सय ३२ किलोमिटर सडक खण्ड पुरानै अवस्थामा पुगेको हो।

कर्णालीवासीको जीवन रेखाको रुपमा रहेको कर्णाली राजमार्ग विशेष गरी सुर्खेत, दैलेख, कालिकोट, जुम्ला र नाग्म गमगडीबाट मुगु जिल्लामा यातायात संचालनमा पनि आवतजावत र वस्तु विनियमको हिसाबले फड्को मारेको देखिन्छ।

राजमार्गको स्तरान्नती हुन नसक्दा यात्रुले पिडादायक यात्रा गरिरहनुपर्ने बाध्यता छ। राजमार्ग क्षत विच्छेद भएको छ। कर्णाली क्षेत्रमा आएको अप्रत्याशित विपद्ले धनजनको ठुलो क्षति भएको थियो। त्यस्तै राजमार्गको कैयौँ स्थानमा भत्किएको छ भने पहिरो पन्छाउँदा पन्छाउँदै हैरानी खेप्नुपरेको छ। पन्छाउँदै गर्दा पनि पहिरो आइरहने हुन्छ।

सडक डिभिजन कार्यालय जुम्ला र सरोकारवालाहरूले भत्किएको राजमार्ग काम चलाऊ गर्न तीव्र गतिमा सडक मर्मत सम्भारमा लागेका छन्। १५ दिन पछि संचालनमा आएको राजमार्गका कैयौँ ठाउँमा अस्थायी जाली प्रयोग गरेर सवारीसाधन तथा मालवाहक साधन क्रस भइरहेका छन्।

पहिरोले कालोपत्रे गरिएका सडक पनि कच्चीमा परिणत भएकाे नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले बताए। उनले भने, 'यो राजमार्गमा विशेष प्याकेजको आयोजना र बजेट आवश्यक हुन्छ, यसमा सरकार र कर्णालीका जनप्रतिनिधिले जोड दिनुपर्छ।'

सबैभन्दा बढी जुम्ला र कालिकोट खण्ड र त्यसपछि दैलेख खण्डका विभिन्न क्षेत्रमा राजमार्ग भत्किएको छ। हवाई यातायात भरपर्दो नभएको र सर्वसाधारणले हालको चर्को भाडा तिर्न नसक्ने स्थिति रहेकाले यातायातको एक मात्र विकल्प कर्णाली राजमार्ग हो।

'कति बेला के हुने हो थाहै छैन', यात्रुहरू बताउँछन्। राजमार्गमा यात्रा गरेपछि जुम्ला सिंजा १ का मनऋषि धिताल भन्छन्, 'कर्णाली र नाग्म राजमार्गका धेरै स्थानमा माथिबाट पहिरो आउन ठिक्क तयारी भए जस्तो छ।'

यस पटक पहिरोले धुलो धुवाँ पनि अत्यधिक बढेको छ, पानी नपरेको बेलामा त कर्णाली राजमार्गको यात्रा गर्न कठिन छ। अझ बर्खा कस्तो होला? त्यस्तै राष्ट्रिय मानव अधिकार आयोगले राजमार्गको अनुगमन गरेको छ।

कर्णाली राजमार्ग दुई लाइन सडक खोल्नका लागि आवश्यक बजेट व्यवस्थापन गर्नुपर्ने देखिन्छ। पूर्ववत् अवस्थामा ल्याउन करिब दुई अर्ब रुपैयाँ बजेट आवश्यक पर्छ। राजमार्गमा काम गर्ने इन्जिनियर देखी कर्मचारीका अनुसार राजमार्ग पहिलाको अवस्थामा फर्काउन कठिन छ। नियमित बजेट प्रयोग गरेर काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजिव श्रेष्ठले बताए। 'पुरानै अवस्थामा ल्याउन २ अर्बको योजना अघि सारेर सम्बन्धित निकायमा पेश गरिएको छ।', उनले भने।

उनका अनुसार सो बजेटको माग अहिले अर्थ मन्त्रालयमा पुगेको छ। यो बजेट स्वीकृत भएमा केही क्षेत्रमा कालोपत्रे अन्य निर्माण तथा पहिरो पन्छाउन सहयोग पुग्नेछ। यसका लागि जिल्ला विपत् व्यवस्थापन कार्यालयले निर्णय गर्नुपर्ने छ।

मुगुले निर्णय पठाइकेको छ भने जुम्ला र कालिकोटको सिफारिस बाँकी रहेको सडक डिभिजन कार्यालयले जनाएको छ। राजमार्गको लामो भागमा पहिरो पन्छाउने कामका लागि ठेक्का अगाडि बढाइएको छ। सबैभन्दा ठुलो पहिरो नाग्म देखी रारा खण्ड, धनाडा (राजुली खण्ड, राताडाव खण्ड, एस मोड सहित विभिन्न स्थानमा छन्। दही खोला देखी जुम्ला मात्रै १ सय स्थानमा पहिरो गएको छ। 

श्रेष्ठका अनुसार गत बर्ष राजमार्गमा पहिरो आएपछि प्राविधिक टोलीको बास नै राजमार्गमा बढी हुने गरेको छ। सेरिगाडमा एक हप्ता अघि ठुलो सुख्खा पहिरो खसेपछि जाली तथा ग्याविन पर्खाल लगाउने काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ।

यहाँ जुन बेला नि पहिरो खसेर दुर्घटना हुनसक्ने प्राविधिकहरू बताउँछन्। गत असोज महिनाको १९ गतेदेखि परेको वर्षाको बाढी पहिरोले कर्णाली राजमार्ग अन्तर्गत राँचुलीमा मलामी गएका १३ जनाको मृत्यु भएको थियो।

प्रकाशित: २३ पुस २०७९ १२:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App