७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

जीता खोलाको बाढीले बगाउँदा विराटनगरका युवक बेपत्ता

सप्तरी— अविरल वर्षाका कारण सप्तरीको कोबर्साइनस्थित जीता खोलामा आएको बाढीले एक युवकलाई बगाएको छ। सोमबार करिब १०:३० बजे खोलाले बगाएका २३ वर्षीय सुदीपकुमार यादव बेपत्ता छन्।

विराटनगर जतुवा स्थायी घर भएका उनी सप्तरी हनुमाननगरस्थित फरवार्ड नामक संस्थाका कर्मचारी हुन्। नेपाली सेना तथा प्रहरीले उनको खोजी गरिरहेको सप्तरीका डिएसपी दानबहादुर कार्कीले जानकारी दिए।

अविरल वर्षापछि सप्तरीका खोलाहरुमा बाढी आएको छ। सप्तरीमा सप्तकोशी नदीले चारैतिरबाट घेरेको सप्तरीको गोबरगाडा गाउँका झण्डै डेढ सय परिवार पछिल्लो दुई दिनदेखि सम्पर्कबिहीन छन्। पछिल्लो दुई दिनयता कोशीमा पानीको बहाव उच्च छ।

प्रकाशित: १० श्रावण २०७३ ०६:३९ सोमबार

जीता खोलाको बाढीले बगाउँदा विराटनगरका युवक बेपत्ता