२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अमेरिका, क्यानडा पठाउने भन्दै ३१ लाख रुपैयाँ ठग्ने पक्राउ

अभियुक्त तुलबहादुर तामाङ

काठमाडौं– फेसबुकमार्फत साथी बनेर विभिन्न व्यक्तिहरुलाई आफ्नो झुटो परिचयसहित अमेरिका, क्यानडालगायत मुलुकमा पठाइदिने झुटो प्रलोभन दिएर ३१ लाख रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको माङ्खा–७ घर भई हाल भक्तपुरको च्यामासिंह बस्दै आएका ३३ वर्षीय तुलबहादुर तामाङ रहेका छन्। उनलाई महानगरीय अपराध महाशाखा टेकुले बुधबार पक्राउ गरी बिहीबार महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाएको छ।

पक्राउ परेका अभियुक्त तामाङले फेसबुकमार्फत ‘फ्रेन्ड रिक्वेस्ट’ पठाई विभिन्न व्यक्तिलाई साथी बनाउने र उनीहरुलाई विश्वास दिलाएर रकम ठगी गर्ने गरेको खुलेको प्रहरीले बताएको छ। फेसबुकका आफ्नो नाम जेभी राखेका उनले आफू अमेरिकाको पिआर प्राप्त व्यक्ति भएको र आफ्नो आमा क्यानडामा डाक्टर रहेको झुटो विवरण दिने गरेका थिए।

उनले लेवनानमा रोजगारी गरिरहेकी श्रृजना दोङसँग फेसबुकमा साथी बनेर डिपेन्डेन्ट भिसामा अमेरिका पठाइदिने भन्दै ९ लाख रुपैयाँ ठगेको प्रहरीले जनाएको छ। त्यस्तै, सृजनामार्फत नै उनका भाई सञ्जय दोङ र मिम लामालाई क्यानडा पठाइदिने भन्दै १३ लाख रुपैयाँ र साइप्रसको रोजगारीमा रहेकी कुसुम लामालाई क्यानडा सँगै जाऔं भनेर नेपाल बोलाई ९ लाख रुपैयाँ ठगेको खुलेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: ६ श्रावण २०७३ ११:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App