९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

भिरबाट लडेर महिलाको मृत्यु

रामपुर (पाल्पा)– भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। सदरमुकाम तानसेनबाट रामपुरतर्फ आउँदै गर्दा बिर्कोट गाविसको सेफत भिरबाट लडेर आज स्याङ्जा जिल्ला साँखर गाविसकी ५० वर्षीया दुर्गादेवी ढकालको मृत्यु भएको हो ।

तानसेन मिसन अस्पतालमा उपचार गरी घर फर्र्कने क्रममा ढकाल भिरबाट करिब चार सय मिटर तल खसेको उहाँका आफन्त रेशम कँडेलले जानकारी दिनुभयो ।

पहिरोका कारण उक्त सडक अवरुद्ध भएपछि ढकाल पैदल हिँडेर आउन खोज्दा भिरबाट खस्न पुगेको बताइएको छ । उहाँको शव परीक्षणका लागि रामपुर अस्पताल ल्याइँदैछ। रासस

 

प्रकाशित: २४ असार २०७३ १२:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App