१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पहिरोले फलेनी गाविसका १२ घर विस्थापित

लमजुङ- तीनदिन देखि लगातार भएको बर्षाका कारण पुर्वी भेगको फलेनीको एक बस्तीछेवैमा ठूलो पहिरो बग्न थालेपछि गाउँका १२ घर विस्थापित भएका छन्।
वर्षाका कारण पहिरो बढ्दै गएपछि विकट फलेनी गाविस वडा नं ४, तल्लो माझखर्क गाउँका १२ घर परिवार जोखिममा परेकाले विस्थापित भएका हुन्। बुधबारदेखि भएको वर्षा अझै नरोकिएकाले पहिरो पनि निरन्तर बगिरहेको छ।
उक्त पहिरोले बस्ती समेत बगाउन सक्ने जोखिम बढ्दै गएकाले स्थानीयबासी त्रसित बनेका स्थानीय कोषबहादुर गुरुङ बताउँछन्। बस्तीको माथिल्लो भागमा पर्ने गाविस कार्यालय जोड्ने सडकबाट पहिरो वगिरहेको उनको भनाई छ । पहिरोले त्रसित गाउँलेहरु अहिले सँगैको ५ नम्बर वडास्थित माझखर्कका आफन्तको घरहरुमा सरेर बसेको बताईएको छ । माझखर्कका रामचन्द्र, तेजबहादुर, जंगबहादुर, दमबहादुर गुरुङ, पूर्णबहादुर, बुधमान,  लक्ष्मण, चेतबहादुर, दिरबहादुर, शंखबहादुर, बिलबहादुर, सोमबहादुर र रामचन्द्र गुरुङको घर बढी जोखिममा परेकाले गाउँ छाडेर आफन्तको घरमा वस्न थालेको कोषबहादुर बताउँछन्। करिब ३ सय मिटर क्षेत्रफलमा गएको पहिरोमा ७० मीटर धाँजा फाटोको र निकै जोखिमपूर्ण अवस्थामा रहेको पहिरोको प्रत्यक्ष अवलोकन गरि फकिएका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले बताए।
सहायक प्रमुख जिल्ला अधिकारी पौडेलको नेतृत्वमा भू–संरक्षण कार्यालयका अधिकृत प्रलेश बस्नेत लगायतको एक समूहले बिहीबार पहिरोको निरीक्षण गरेको जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी मोहन जिसीले बताए। सो समूहले १२ घरपरिवारका ७० जना मानिस, गाई, भैंसी, गोरु, बाख्रा लगायतका ३ सय पशुपंक्षीहरु समेत प्रभावित भएको र जतिसक्दो छिटो सुरक्षित स्थानमा स्थानन्तरण गुर्नपर्ने सुझाव सहितको प्रतिवेदन बुझाएको छ।

 

प्रकाशित: १७ असार २०७३ १३:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App