१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

काठमाडौंबाट चोरी भएको मोटरसाइकल ७ बर्ष पछि फेला

रौतहट-दरवारमार्गबाट ७ बर्ष अघि चोरी भएको मोटरसाइकल रौतहटको गरुडा नगरपालिका २ बाट बेवारिसे अवस्थामा बरामद भएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार पर्सा वीरगंज भई हाल काठमाडौं १४ बस्दै आएका अशोक रौनियारको बा.१३प.२९१३ नम्वरको मोटरसाइकल २०६६ साल असार १५ गते दरवारमार्गबाट चोरी भएको थियो। सवारी धनी रौनियारले चोरी भएको भोली पल्ट महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाह पथमा उजुरी दिएका थिए। जिल्ला प्रहरी कार्यालय रौतहटलाई प्राप्त भएको बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले असार ५ गते गरुडा नपा २ स्थित मुख्य सड्कबाट नक्कली नम्वर ना . ३ प. नम्वरको कालो रंगको हिरोहोण्डा बरामद भएको तथा अनुसन्धानको क्रममा इन्जिन एवं च्यचिस नम्वर मिलाउदा ७ बर्ष काठमाडौंबाट चोरी भएको मोटरसाइकल देखिएको इन्सपेक्टर पासवानले बताए।
सवारी धनी रौनीयारलाई बोलाएर उक्त मोटरसाइकल आज जिम्मा लगाएको जानकारी दिदै इन्सपेक्टर पासवानले चोरी गर्नमा संलग्न व्यक्तिहरुको व्यापक रुपमा खोजतलास भईरहेको बताए।

 

प्रकाशित: १२ असार २०७३ १४:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App