६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

किन मधेशी आयोगले हटायो मुस्लिम र थारुलाई मधेशीको सूचीबाट?

मधेशी आयोगले मुस्लिम र थारुलाई मधेशी को सूची बाट हटाएको छ। मधेशी आयोगद्वारा गरिएको ‘नेपालमा मधेशी समुदायको थर सूचीकरण-२०७८’ को उपसमूह-१ मा रहेको थारु र २ मा रहेको मुस्लिमलाई हटाएको छ।

मधेशी आयोगकी उपसचिव सबिता डंगोलले बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै स्पष्टीकरण दिएकी हुन्। थारु र मुस्लिम आयोगका अध्यक्ष सहितको पदाधिकारीहरुले सार्वजानिक रुपमा थारु र मुस्लिम समुदायको अलग्गै पहिचान र सभ्यता रहेको र सो मधेशी समुदायसँग मेल नखाने भएकोले गर्दा मधेशीको सूचीमा राख्नु गलत कदम भएकोले र मधेशीको सूचीबाट हटाउन प्रेस विज्ञप्ति निकालेकोले मधेशीकाे सूचीबाट हटाइएको उपसचिव सबिता डंगोलले बताइन्।

विज्ञप्तिमा भनेको छ ‘थारु र मुस्लिम समुदायका विभिन्न संघ-संगठनहरुले ‘‘हामी मधेशी होइनौं, हाम्रो छुट्टै सभ्यता र पहिचान छ’’ र मधेशीको सूचीबाट हटादिन भनेर ज्ञापन पत्र, निवेदन र उजुरीहरु दर्ता थराएका थिए। साथै मधेशीको सूचीमा राख्दा व्यापक विरोध समेत गरेका थिए।

थारु र मुस्लिम आयोगसँगै थारु साहित्य समाज, थारु कल्याणकारिणी सभा लगायात दर्जनौं संघ-संस्थाहरुले मधेशी आयोगमा थारु र मुस्लिमलाई मधेशीको सूचीबाट हटाउन निवेदन दिएको आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले जानकारी दिएका छन्। आयोगका अध्यक्ष डा.दत्तका अनुसार सरोकारवाला संवैधानिक आयोगहरुले नै हामी मधेशी होइनौं भनेपछि मधेशी आयोगले सो निर्णय गरेको बताएका छन्।

मधेशी आयोगले मुस्लिम र थारुलाई मधेशीको सूचीबाट हटाएको कुरा अहिले सामाजिक संजालमा चर्चाको विषय बनेको छ।

प्रकाशित: १ पुस २०७९ ०५:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App