१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

रोल्पाका अधिकांश छात्रछात्रा सि ग्रेडमा

रोल्पा-प्रवेशिका परीक्षा एसएलसीमा जिल्लाका अधिकाश छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ। जिशिकाका अनुसार नियमित तर्फ एक हजार ३६ छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएका छन। नियमित तर्फ ३८ दशमलव ३६ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका हुन। त्यस्तै इक्ज्यामटेड तर्फ ६ सय ५१ जना सि ग्रेडमा उत्तिर्ण भएका छन्। इक्ज्यामटेड तर्फ ५२ दशमलव ३३ प्रतिशत छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएका हुन्।
त्यस्तै सि प्लसमा नियमित तर्फ ६ सय ७० छात्रछात्रा उत्तिर्ण भएका छन। २४ दशमलव ८१ प्रतिशत छात्रछात्रा   सि प्लसमा उत्तिर्ण भएका हुन। त्यस्तै इक्ज्यामटेड तर्फ सि प्लसमा एक सय ४१ जना छात्रछात्रा उत्तिर्ण भएका छन । इक्ज्यामटेड तर्फ ११ दशमलव ३३ प्रतिशत छात्रछात्रा सि प्लसमा उत्तिर्ण भएका हुन ।
जिल्लामा डि प्लस ल्याउने छात्राछात्राको संख्या पनि उल्लेख्य देखिन्छ। जिशिकाका अनुसार नियमित तर्फ ५ सय ५२ जना छात्रछात्राले डि प्लसमा उत्तिर्ण भएका छन । यो ग्रेडमा नियमित तर्फ २० दशमलव ४४ प्रतिशत छात्रछात्रा उत्तिर्ण भएका छन । त्यस्तै इक्ज्यामटेड तर्फ ४ सय २२ छात्रछात्रा डि प्लसमा उत्तिर्ण भएका छन । प्रतिशतमा हेर्दा ३३ दशमलव ९२ प्रतिशत छात्रछात्रा यो ग्रेडमा उत्तिर्ण भएको देखिन्छ।
जिल्लामा डि ग्रेडमा पनि विद्यार्थी परेको देखिन्छ । नियमित तर्फ ८३ जना छात्रछात्रा यो ग्रेडमा परेका छन्। प्रतिशतमा तीन दशमलव शून्य सात प्रतिशत डि ग्रेडमा परेका हुन । त्यस्तै इक्ज्यामटेड तर्फ पनि २७ छात्रछात्रा डि ग्रेडमा परेका छन । प्रतिशतमा हेर्दा २ दशमलव १७ प्रतिशत छात्रछात्रा यो ग्रेडमा परेको देखिन्छ । जिशिकाका अनुसार डि ग्रेडमा पर्ने कुल १ सय १० छात्राछात्राले पुनः परीक्षा दिनु पर्ने हुन्छ। जिल्लामा २० भन्दा कम अंक ल्याउने भने कोही देखिएनन । २० भन्दा कम अंक ल्याउनेलाई डि ग्रेडमा राखिएको छ।
जिल्लामा बि ग्रेडमा नियमित तर्फ कुल २ सय ७७ छात्रछात्रा उत्तिर्ण भएका छन। प्रतिशतमा १० दशमलव २६ प्रतिशत छात्रछात्रा बि ग्रेडमा उत्तिर्ण भएका हुन । त्यस्तै इक्ज्यामटेड तर्फ जम्मा जम्मी ३ जनाले मात्र बि ग्रेडमा उत्तिर्ण गरे । शून्य दशमलव २४ प्रतिशत छात्रछात्र बि ग्रेडमा उत्तिर्ण भएका हुन।

बि प्लसमा कुल ७२ जना छात्रछात्रा उत्तिर्ण भएका छन। जिल्लामा यसपाली ११ जनाले मात्र ए ग्रेडमा उत्तिर्ण गरे। उनीहरु सबै नियमित तर्फका छात्रछात्रा हुन। सदरमुकाम लिबाङ स्थित बाल कल्याण उच्च माविबाट दुई, रामेश्वरी उच्च मावि घोडागाउँबाट तीन र महेन्द्र उच्च मावि होलेरीबाट एक जनाले ए ग्रेडमा उत्तिर्ण गरेका छन ।
यस पटकको एसएलसीमा ए प्लसमा भने जिल्लाबाट कोही पनि छात्रछात्रा पर्न सकेनन।

 

प्रकाशित: ३ असार २०७३ १३:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App