१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

सुवर्णेश्वर मन्दिर परिसरमा १०८ शिवलिङ्ग

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ५ कटुञ्जेस्थित सुवर्णेश्वर मन्दिर परिसरमा बुधबार एक भव्य कार्यक्रम गरी १०८ शिवलिङ्ग र सप्तऋषि स्थापना गरिएको छ।

सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले यसको उदघाटन गरे। स्थानीय सूर्यविनायक नगरपालिका वडा नं ५ कटुञ्जे निवासी मोडर्न स्कुल र कलेज दधिकोट र सृजनानगर भक्तपुरका संस्थापक बाबुकाजी कसपालले आफनो  स्वर्गीय पूर्वज जिजुबुबा काजीमान कसपाल, स्वर्गीय हजुरबुबा रामलाल कसपाल, स्वर्गीय बुबा रत्नलाल कसपाल, स्वर्गीय मुमा च्यान्टीमाया कसपाल र दिवंगत भएका आफना ज्ञातअज्ञात सम्पूर्ण पितृजनहरूको सम्झनामा शिवलिङ्ग स्थापना गरिदिएका हुन्।

यस १०८ शिवलिङ्ग, सप्तऋषिसहित यसको परिसर कार्यमा लाग्ने सम्पूर्ण आर्थिक व्ययभार बाबुकाजी कसपालले नै योगदान गरेको स्वर्गद्वारी सन्यास आश्रम सुवर्णेश्वर कटुञ्जेका अध्यक्ष मुकुन्दप्रसाद लुइँटेलले बताए। यसअघि १०८ शिवलिङ्ग स्थापना गरी पूजन गर्ने कार्यका लागि मंसिर २० गते पूर्वाङ्ग यज्ञादी र मंसिर २१ गते बुधबार शिवलिङ्ग प्राण प्रतिष्ठा रूद्री पूजन, लाखबत्ती प्रज्वलन गरी यसको उदघाटन गरिएको हो।

प्रकाशित: २१ मंसिर २०७९ १३:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App