४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

सुर्खेतबाट अवैध सुर्ती बरामद

सुर्खेतम अवैध सुर्तीजन्य बस्तु बरामद गरिएको छ। भारतमा उत्पादन भएको अवैध सुर्तीजन्य बस्तु प्रहरीले बरामद गरेको हो। 

भेरीगंगा नगरपालिका –५ सुर्खेत छिर्ने प्रमुख नाका बबईस्थित प्रहरी चेकपोष्टले शुक्रवार शंका मानेर चेकजाँच गर्दा अवैध सुर्तीजन्य बस्तु बरामद गरिएको हो। नेपालगंजदेखि सुर्खेत आउँदै गरेको लु २ ख ५७८३ नम्वरको यात्रुबहाक फोर्स गाडीमा सुर्तीजन्य बस्तु फेला परेको थियो। प्रहरीले २ बोरा (करिब १ सय पिस) २७ हजार बराबरको सुर्तीजन्य बस्तु बरामद गरेको हो।

गाडीवालाले समेत कसले हालेको हो भनेर थाहा नपाएको जनाईएको छ। सुर्तीजन्य बस्तु राख्ने ब्यापारीको प्रहरीले पहिचान गर्न असफल भएको छ। सुर्तीजन्य बस्तु नियन्त्रणमा लिई मुलुल्का गरेर अनुसन्धानका लागि आन्तरिक राजश्व कार्यालय कोहलपुरमा पठाईएको प्रहरी कार्यालयले जानकारी दिएका छन्। तर, गाडी चालक, सहचालकलाइ अनुसन्धानको दायरामा प्रहरीले ल्याएको छैन। अवैध भारतिय सुर्ती ल्याउने विषयमा थप अनुसन्धान हुन सकेको छैन्।

प्रकाशित: ९ मंसिर २०७९ १२:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App