१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

एमाले सचिवालय बैठक बस्दै

नेकपा (एमाले) को सचिवालय बैठक बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी मुख्यालय च्यासलमा बस्नेछ।

साउन २ र ५ गते पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक बोलाएको छ। ती बैठकका अजेन्डाबारे छलफल गर्नका लागि एमालेले सचिवालय बैठक आह्वान गरेको हो।

उपाध्यक्ष अष्टलक्ष्मी शाक्यका अनुसार बैठकमा विधान महाधिवेशनका अजेन्डामाथि पनि छलफल सुरु हुनेछ। 

एमालेले आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने निर्णय गरेको छ। त्यसैको तयारीका लागि सचिवालय, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक बोलाइएको हो।

प्रकाशित: १ श्रावण २०८२ ०८:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App