५ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

४५ हजार घुस लिने उपाध्यक्ष नाछिरिङमाथि छानबिनको माग गर्दै माओवादीले बुझायो प्रशासनमा ज्ञापनपत्र

जिल्लाको सोताङ गाउँपालिका उपाध्यक्ष अन्जु नाछिरिङलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय, सोलुखुम्बुमा ज्ञापनपत्र बुझाइएको छ। ४५ हजार घुस लिएको आरोप लागेका उपाध्यक्ष नाछिरिङलाई कारबाहीको माग गर्दै नेकपा (माओवादी केन्द्र), सोताङ गाउँपालिका समितिले प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेसमक्ष ज्ञापनपत्र बुझाएको हो।

यसअघि उपाध्यक्ष नाछिरिङले ढाका बुनाइ प्रशिक्षकबाट ४५ हजार कमिसन मागेको सार्वजनिक भएको थियो। उक्त कार्य सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थानीय सरकार सञ्चालन ऐनको मर्म र भावनाविपरीत रहेको ज्ञापनपत्रमा उल्लेख छ।

सम्बन्धित व्यक्तिबाट कुनै धारणा वा क्षमायाचना नहुनु झन् दुखद् भएको ज्ञापनपत्रमा उल्लेख छ। ‘सार्वजनिक जिम्मेवारीमा रहँदा अपेक्षित आचरण र नैतिकताको मानकभन्दा यस्तो मौनता गम्भीर विचलन हो, जसले भ्रष्टाचारप्रति मौन सहमतिको सन्देश दिन्छ,’ सोताङ गाउँपालिका समिति अध्यक्ष गोविन्द नाछिरिङ र सचिव धनकुमार विश्वकर्माद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ।

प्रशासनमा प्रेषित ज्ञापनपत्रमा उपाध्यक्ष नाछिरिङलाई प्रचलित कानूनबमोजिम यथाशीघ्र कारबाही प्रक्रिया अगाडि बढाउन माग गरिएको छ। ‘छानबिनको समयसम्म उहाँलाई तत्काल जिम्मेवारीबाट हटाइ कार्यालय प्रवेशमा रोक लगाइयोस्,’ त्यहाँ भनिएको छ। यस्तै असुली गरिएको सम्पूर्ण रकम प्रशिक्षकमार्फत सार्वजनिक रूपमा फिर्ता गर्न पनि माओवादीको माग छ।

आफूहरूको माग पूरा नभए चरणबद्ध जनदबाबका कार्यक्रमहरू सञ्चालन गर्ने चेतावनी माओवादीले दिएको छ। जसको सम्पूर्ण नैतिक र राजनीतिक जिम्मेवारी प्रशासन र पालिका नेतृत्वले वहन गर्नुपर्नेज्ञापनपत्रमा उल्लेख छ।

प्रशासनमा प्रेषित ज्ञापनपत्र-

प्रकाशित: २६ असार २०८२ २०:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App