४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रपति पौडेलद्वारा पूर्वनिर्वाचन आयुक्त शर्माप्रति श्रद्धाञ्जली व्यक्त

राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगकी पूर्वआयुक्त एवं वरिष्ठ पत्रकार इला शर्माको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। शर्माको शनिबार हृदयघातका कारण निधन भएको थियो।

राष्ट्रपति पौडेलले शर्माले पत्रकारिताका माध्यमबाट नेपाली समाजलाई पुर्‍याएको योगदान स्मरणीय रहेको भन्दै निर्वाचन आयुक्तका रूपमा निर्वाचन कानुन, नियमावली र निर्देशनको मस्यौदा तयार गर्ने उच्चस्तरीय कानुनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको नेतृत्व गर्दै कामको स्मरण गरेको राष्ट्रपतिको सचिवलयले जनाएको छ।  

पत्रकारितको पृष्ठभूमिबाट निर्वाचन आयुक्त बनेकी शर्मा २०६९ देखि २०७५ फागुनसम्म निर्वाचन आयुक्तको जिम्मेवारीमा थिइन्। साथै, राष्ट्रपति पौडेलले श्रद्धाञ्जलीलीमा शर्माको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्।

प्रकाशित: २९ असार २०८२ १३:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App