५ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

नेशनल हाई पर्फमेन्स सेन्टर एण्ड स्पोर्टस् साइन्स ल्याबको उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल हाई पर्फमेन्स सेन्टर एण्ड स्पोर्टस् साइन्स ल्याबको उद्घाटन गरेका छन्।

प्रधानमन्त्री ओलीले बिहीबार (आज) राष्ट्रिय खेलकुद परिषद्‌द्वारा अन्तर्राष्ट्रिय खेलकुद परिसर, सातदोबाटोमा निर्मित ल्याबको उद्घाटन गरेका हुन्।

७ हजार ५७८ स्क्वायर फिट क्षेत्रफलमा निर्माण गरिएको सेन्टर हलमा १०० जनासम्म खेलाडीले एकैपटक प्रशिक्षण गर्न सक्नेछन्। 

खेलाडीको शारीरिक क्षमता र संरचनाबारे अध्ययन गर्न राखेपले नेसनल स्पोर्ट्स साइन्स रिसर्च सेन्टर स्थापना गरेको हो। आधुनिक प्रविधिको प्रयोग गरी प्रशिक्षण प्रभावकारी बनाउने उद्देश्यले सेन्टर बनाइएको हो।

 

 

प्रकाशित: २६ असार २०८२ १६:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App