नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले मंसिर ४ को चुनाव संविधान मास्ने र जोगाउनेबीचको जनमतसंग्रह रहेको बताएका छन्।
लोकतान्त्रिक बाम गठबन्धनले मोरङको सुन्दर हरैचामा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अगामी निर्वाचन संविधान मास्ने र जोगाउनेबीचको जनमतसंग्रह भएको बताएका हुन्।
उनले फेरि लोकतन्त्रका लागि आन्दोलन गर्न नपरोस् भन्ने लागे गठबन्धनलाई जिताउन समेत आग्रह गरे। समृद्धि र बिकासका लागि दसकौसम्म गठबन्धक रहने विश्वास व्यक्त गरे।
नेपाली कांग्रेसका प्रबक्ता प्रकाश चरण महतले संविधानको रक्षाका लागि गठबन्धन गर्नुपरेको बताए। गठबन्धनले जिते ५ वर्ष भित्र ६५ वर्ष माथिका सबैलाई वृद्ध भत्ता दिने उनले बताए।
प्रकाशित: ३० कार्तिक २०७९ ०८:२२ बुधबार