१९ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

मौन अवधिदेखि मतगणनासम्म मादक पदार्थ बिक्रीविवरण तथा सेवन गर्ने काम निषेध गर्न गृहलाई आयोगको निर्देशन

निर्वाचन आयोगले निर्वाचनको मौन अवधिदेखि मतगणना कार्य पूरा नभएसम्म मादक पदार्थ बिक्रीविवरण तथा सेवन गर्ने काम निषेध गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ।  

केन्द्रिय आचारसंहिता अनुगमन समितिको आइतबार बसेको बैठकले मादक पर्दा जफत गर्नुपरेमा गृह मन्त्रालयमार्फत् प्रहरीलाई निर्देशन दिने निर्णय गरेको हो।

समितिका संयोजक समेत रहेका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ, निश्पक्ष, स्वतन्त्र र भयरहित निर्वान सम्पन्न गराउनका लागि निर्वाचन कार्यमा संलग्न विभिन्न निकायलाई ७ बूँदे निर्देशन जारी गरिएको पनि जानकारी दिए।

बैठकले अनुगमन अधिकृत र जिल्ला आचारसंहिता अनुगमन समितिलाई हालसम्म प्राप्त भएको आचारसंहिता उलंघन सम्बन्धि उजुरी र सो सम्बन्धमा सोधेको स्पष्टिकरण, उजुरीको फछर्यौट र कारबाहीको अवस्थासहितको प्रगति विवरण समितिमा वा आयोगमा पठाउन पनि निर्देश गरेको छ।

प्रकाशित: २७ कार्तिक २०७९ १२:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App