६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

भक्तपुरको खेलकुद विकासका लागि मेरो उम्मेदबारी: स्वतन्त्र उम्मेदबार कासिछ्वा

भक्तपुर क्षेत्र नं १ (१) चाँंगुनारायण क्षेत्रका एकजना स्वतन्त्र उम्मेदबार श्रीभक्त कासिछ्वाले भक्तपुरको खेलकुदको विकासका लागि आफनो उम्मेदबारी रहेको बताएका छन्।  

मंगलबार आफनो प्रतिवद्धतापत्र सार्वजनिक गर्न गरिएको पत्रकार सम्मेलनमा उनले आफनो पहलमा निर्माण भइरहेको बहुउद्देश्यीय रग्वी रंगशाला ५ वर्षभित्र निर्माण सम्पन गर्ने र नगरका सबै वडाहरूमा एक व्यायामशाला निर्माणको लागि पहल गर्ने प्रतिवद्धता जनाए। 

उनले  भलिबल, टेवलटेनिस, ब्यट्मिन्टन र मार्सलआर्टको लागि कवर्डहल निर्माणमा विशेष पहल गर्ने बताए।  प्रदेशभित्रका सबै स्कुलमा खेलकुद र अन्य अतिरिक्त क्रियाकलापको व्यवस्था गराउन पहल गर्ने पनि उनले बताए। 'एक स्कुल एक खेल शिक्षक' को अवधारणा लागु गराउन पहल गर्ने उनको भनाई छ। यो प्रदेशमा व्यवस्थित ढंगले सबै खेल इन्भेन्ट्सको आयोजन र आवश्यक प्रशिक्षणकोसमेत व्यवस्थापन गर्नेछु, भक्तपुर जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्षसमेत रहेका उनले भने।

प्रकाशित: १५ कार्तिक २०७९ १३:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App