१२ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

सातै प्रदेशमा सीप विकास प्रतिष्ठान स्थापना हुन्छः मन्त्री कुँवर

फाइल तस्बिर।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले मुलुकभित्रै दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यकासाथ सीप विकास प्रतिष्ठान स्थापनाको प्रकिया अगाडी बढाएको बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री कुँवरले देशमा विधमान बेरोजगार युवा जनशक्तिहरुलाई श्रम बजार अनुकुलको ज्ञान र सीप प्रदान गरी रोजगारी र स्वरोजगारीका अवसरहरु श्रृजना गर्ने भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सातै प्रदेशमा सीप विकास प्रतिष्ठान स्थापनाको प्रकिया अगाडी बढाएको बताएका हुन्।

उनले दक्ष जनशक्ति उत्पादन गर्नका लागि तयार पारिएको गठन आदेश मन्त्रीपरिषद्मा विचाराधिन अवस्थामा रहेको बताए। गठन आदेश पारित भएसँगै सातै प्रदेशमा सीप विकास प्रतिष्ठान स्थापनाको प्रकिया अगाडी बढ्ने उनले बताए।

उनले भने, ‘सरकारले अहिले नीति के लिएको छ भने जतिसक्दो दक्ष जनशक्ति उत्पादन गर्ने, चाहे स्वदेशमा होस्, चाहे वैदेशिक रोजगारीमा पठाउँदा होस्, हामीले दक्ष जनशक्ति उत्पादन गर्नको लागि हामीले सीप विकास प्रतिष्ठान बनाउने प्रक्रिया अघि बढाएका छौँ। त्यसको लागि गठन आदेश मन्त्रीपरिषद्मा अहिले विचाराधीन छ। त्यो पारित हुने बित्तिकै सातै प्रदेशमा हामीले सीप विकास प्रतिष्ठानलाई लैजानेछौँ। ताकि विदेश जाने श्रमीकहरु सीप सिकेर जाऔँ, असुरक्षित नहोउन्।’

मन्त्री कुँवरले अनौपचारी क्षेत्र र वैदेशीक रोजगारीमा रहेका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोष अन्तर्गत ल्याउने अन्तिम तयारी भएको पनि जानकारी दिए। अनौपचारी क्षेत्र र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई कोषअन्तर्गत ल्याउने गरी दुईवटा कार्यविधि तयारी भइ छलफलको क्रममा रहेको र केही समय भित्रै कार्यन्वयनमा आउने उनले बताए।

उनले भने, ‘अहिले हामीले फेरि अनौपचारिक क्षेत्रमा रहनुभएका श्रमीकहरुलाई र विदेशमा रहनुभएका श्रमीकहरुलाई सामाजिक सुरक्षा कोष अन्तर्गत ल्याउनको लागि, समावेश गर्नको लागि दुई वटा कार्यविधि अघि बढाएका छौँ। एउटा कार्यदल बनाएर अनौपचारिक क्षेत्रमा कति श्रमीक हुनुहुन्छ र उहाँहरुलाई कसरी सामािजक जोड्ने भनेर छलफल गरिरहेको छौँ।’

मन्त्री कुँवरले जर्मनसँग श्रम समझौता गर्ने तयारी अवस्थामा रहेको पनि जानकारी दिए। उनले नेपालका श्रमीकहरुले सम्मानजनक पारिश्रमिक पाउन् भन्नका लागि जर्मन, बेलायत, हंगेरी लगायतका देशसँग श्रम समझौता गर्ने तयारी गरेका बताए।

प्रकाशित: १ कार्तिक २०७९ १२:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App