५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्न उम्मेदवारहरुलाई आयोगको आग्रह

निर्वाचन आयोगले निर्वाचन आचारसंहीता पूर्ण रुपमा पालना गर्न उम्मेदवारहरुलाई आग्रह गरेको छ।

राजनीतिक दलका उम्मेदवारहरु तथा स्वतन्त्र उम्मेदवारहरुले चुनाव प्रचारप्रसार गरेको उजुरी परेसँगैै आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सचेत गराएको हो।  

निर्वाचन आचारसंहिता केन्द्रिय अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिताअनुसार निर्वाचन हुने दिनभन्दा १७ दिन अगाडीदेखि (कार्तिक १८ गतेदेखि) मात्रै प्रचारप्रसार गर्न पाइने बताए।

आयुक्त भण्डारीले उम्मेदवारहरुले घरदैलो कार्यक्रम गर्न पाउने र त्यसमा २५ जनाभन्दा बढी सहभागि हुन नपाउने प्रावधानलाई पनि पालना गर्न सचेत गराए। घरदैलोमा बाजागाजा र तामझाम गरिरहेको उजुरी आयोगमा परेको भन्दै उनले त्यस्ता कार्य नगर्न आग्रह गरे।  

घरदैलोमा तामझाम र बाजागाजा गर्नुपनि आचारसंहिता विपरित हुने उनको भनाइ छ। आचारसंहिताको परिधिभित्र बसेर कानुनी सजाय नपाउनेगरी घरदैलो गर्न उनले उम्मेदवारहलाई आग्रह गरे। 

प्रकाशित: ३१ आश्विन २०७९ ०३:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App