५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

एमाले नेता सञ्जीव यादव नेपाली काँग्रेसमा प्रवेश

नेकपा एमाले मधेस प्रदेशका नेता सञ्जीव यादव नेपाली काँग्रेसमा प्रवेश गरेका छन्।

उनलाई नेपाली काँग्रेसका सहमहामन्त्री एवं धनुषा-४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार महेन्द्र यादवले अबिर र माला लगाएर पार्टीमा स्वागत गरेका हुन्।

बुधबार क्षेत्रीय कार्यसमितिद्वारा धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमालेका मधेश प्रदेशका सदस्यसमेत रहेका यादवसहित ६० जनाभन्दा बढी एमाले तथा जसपाका नेताकार्यकर्ता काँग्रेसमा प्रवेश गरेको हो। पार्टी प्रवेश गर्ने नवप्रवेशीहरुलाई सहमहामन्त्री यादवले अबिर र माला लगाएर पार्टीमा स्वागत गरे।

काँग्रेस प्रवेश गरेका यादवलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा तानाशाही प्रवृत्ति तथा एकल शासन चलाउन थालेको र मधेशमा देखिएको नागरिकता समस्याप्रति गम्भीर नदेखिएपछि आफूले एमाले परित्याग गरेको बताए।

लामो समयदेखि एमालेमा सक्रिय डा। यादव एमालेबाट प्रदेशसभा सदस्य उम्मेदवारको आकांक्षी थिए। तर एमालेले प्रदेशसभा उम्मेदवार बनाउन नेपाली काँग्रेसका नेता संन्तोष यादवलाई प्रवेश गराएपछि उनी नेतृत्वप्रति असन्तुष्ट भएर काँग्रेसमा प्रवेश गरेका हुन्।

‘पहिल्यैदेखि मेरो घरमा सबै काँग्रेसी नै थिए कुनै कारणबस मैले काँग्रेस छाडेका थिए’, यादवले भने, ‘अब आफ्नो पुरानो घरमा फर्केको छु।’ उनलाई काँग्रेसमा प्रवेश गर्नबाट रोक्न एमालेका कार्यकर्ताहरु काँग्रेसले आयोजना गरेको कार्यक्रम स्थल पुगेका थिए।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको संघारमा एमाले तथा जसपाका नेताहरुले पार्टी परित्याग गरेकाले आगामी निर्वाचनमा काँग्रेसलाई फाइदा पुग्नेछ।

नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै नेपाली काँग्रेसका सहमहामन्त्री यादवले देशको विकास र जनताको सुख समृद्धिका लागि काम गर्ने पार्टी नै नेपाली काँग्रेस भएकाले यसै पार्टीको झण्डामुनि रहेर जनताको सेवा गर्न उनीहरुले लिएका निर्णय  सही भएको बताए। उनले नेपाली काँग्रेसको आदर्श, सिद्धान्त, नीति तथा कार्यक्रमबाट आकर्षित भएर पार्टीमा प्रवेश गरेका राजनीतिकर्मीलाई स्वागत गर्दै शुभकमना पनि दिए।

प्रकाशित: २७ आश्विन २०७९ ०५:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App