५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

सामाजिक सञ्जालमा गरिने विज्ञापन निर्वाचन खर्चमा समेटिने

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सामाजिक सञ्जालमा गरिने विज्ञापन उम्मेदवारको निर्वाचन खर्चमा समेटिने जनाएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार विज्ञप्तिमार्फत प्रत्यक्षतर्फ उम्मेदवारहरूको मनोनयनपत्र दर्तासँगै विभिन्न राजनीतिक दल र उम्मेदवारबाट सामाजिक सञ्जालसमेत प्रयोग गरी प्रचारप्रसार र विज्ञापन हुन थालेको जनाएका छन्।

‘निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोगसम्बन्धी नीति २०७७ बमोजिम निर्वाचनका सबै चरण र प्रक्रियामा सामाजिक सञ्जालको समुचित उपयोग गरिने जनाइएको छ’, उनले भने, ‘सामाजिक सञ्जालमा सम्प्रेषित सूचना सामग्रीको प्रभावकारी नियमन, अनुगमन तथा मूल्यांकनसम्बन्धी आयोगको सचिवालय र अन्तर्गतका कार्यालयसमेतको संयन्त्र बनाई नीति र कार्ययोजनाबमोजिम भएगरेका कामकारबाहीको निरन्तर अनुगमन र मूल्यांकन गर्ने कार्य भइरहेको छ।

आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि दल र उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद निर्धारण गरिसकेको छ। निर्वाचन आचारसंहिता २०७९ को दफा १६ मा राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन खर्चसम्बन्धी पालना गर्नुपर्ने आचरणको व्यवस्था छ। सामाजिक सञ्जालबाट गरिने विज्ञापन खर्चबारे उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि कानुनबमोजिम पेस गर्ने निर्वाचन खर्च विवरणमा समावेश गरे÷नगरेबारे आयोगको अनुगमन संयन्त्रमा रहेको अभिलेखसँग भिडाई परीक्षण गरिने भएकाले सामाजिक सञ्जालमार्फत हुने विज्ञापनका सबै खर्च विवरणसमेत चुस्तदुरुस्त राख्न सम्बन्धित सबै दल र उम्मेदवारलाई आयोगले आग्रह गरेको हो।’

प्रकाशित: २५ आश्विन २०७९ ०१:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App