६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको उम्मेदवारी बिरुद्ध उजुरी

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी खारेजिको माग गर्दै उजुरी परेको छ। डडेल्धुरा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नागरिकतामा र मतदाता नामावलिमा जन्ममिति फरक भएकोले उम्मेदवारी खारेजी हुनु पर्ने भन्दै उजुरी परेको हो। 

नेपाली काँग्रेस (बिपी) का वरिष्ठ उपसभापतिसमेत रहेका डडेल्धुरामा प्रतिनिधिसभाका उम्मेदवार कर्णबहादुर मल्लले देउवाको मनोनयन खारेजिको माग गर्दै उजुरी दिएका हुन्। मुख्य निर्वाचन अधिकृत बाल कृष्ण बाग्लेले नागरिकता र मतदाता नामावलिमा जन्ममिति फरक भएको भन्दै देउवाको उम्मेदवारी बिरुद्ध उजुरी परेको बताएका छन्। उजुरी परेको बिषयमा सम्बन्धित वेक्तीलाई यस बिषयमा जानकारी दिन सार्वजनिक सुचना निकालिएको उनले बताए। भोलि मंगलवार सम्म प्राप्त कागजपत्र र प्रमाणका आधारमा यस बिषयमा निर्णय गरिने उनले बताए। उम्मेदवारविरुद्ध परेका उजुरीको निर्णय निर्वाचन अधिकृतले नै गर्न पाउने कानूनी व्यवस्था छ।

देउवाको नागरिकतामा जन्ममिति विक्रम सम्वत् २००३ जेठ ३१ रहेको छ भने मतदाता नामावलीमा २००२ जेठ ३१ गते उल्लेख रहेको खुलेको छ। 

'देउवाको नेपाली नागरिकता र मतदाता नामावलीमा देखिएको फरक-फरक मितिका कारण उनी प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार हुन अयोग्य भएकाले देउवाको मनोनयन खारिज गरि पाउन यो उजुरी गरेको छु', मल्लले दिएको उजुरीमा उल्लेख गरिएको छ। प्रधानमन्त्री देउवाले नै राजनितिमा हुर्काएका मल्ल बिपी कांग्रेसबाट देउवाविरुद्ध चुनावी मैदानमा छन्।

देउवाको उम्मेदवारी वारेसनामा लिएर उनकी पत्नी आरजु राणा देउवाले आईतवार दर्ता गराएकी थिइन्। एकमात्र क्षेत्र रहेको डडेल्धुरामा देउवा २०४८ सालयतादेखि निरन्तर जित्दै आएका छन। अहिले देउवाविरुद्ध चुनावी मैदानमा नयाँ अनुहारहरु छन्। नेपाली कांग्रेसका पूर्वजिल्ला पार्टी सभापति कर्णबहादुर मल्ल र स्वतन्त्र उम्मेद्वार सागर ढकाल चुनाबी मैदानमा छन।

प्रकाशित: २४ आश्विन २०७९ १३:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App