१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

झापा क्षेत्र नं ५ मा एमाले अध्यक्ष ओलीसँगै २७ जनाको उम्मेदवारी

नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दिएका निर्वाचन क्षेत्र झापा–५ मा प्रतिनिधिसभा सदस्य पदका लागि २७ जनाले मनोनयन दर्ता गराएका छन्।

मनोनयन दर्ता गराउनेमा स्वतन्त्र उम्मेदवार मात्रै १४ जना रहेका छन्। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनका लागि आइतबार मनोनयन दर्ता गराइएको थियो। जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार जिल्लाका पाँच निर्वाचन क्षेत्रका लागि एक सय एक जनाले प्रतिनिधिसभातर्फ र एक सय ६ जनाले प्रदेशसभातर्फ उम्मेद्वारी दर्ता गराएका हुन्।  

प्रतिनिधिसभा सदस्य पदका लागि मनोनयन दर्ता गराउनेमध्ये सबैभन्दा धेरै झापा क्षेत्र नं ५ मा नै रहेका छन्। त्यसमा पनि स्वतन्त्र उम्मेदवारको सङ्ख्या धेरै रहेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए। नेपालका अनुसार यो निर्वाचन क्षेत्रमा सहभागी दलमध्ये १४ जनाको स्वतन्त्र उम्मेदवारी हुन्।  

प्रमुख दलले प्रतिनिधिसभा सदस्य पदका लागि झापा क्षेत्र नं ५ मा महिलालाई उम्मेदवार नबनाए पनि अन्य साना दलका चार जना महिलालाई उम्मेदवार बनाउँदै मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ। प्रतिनिधिसभा सदस्यका लागि नौ महिलासहित स्वातन्त्र ३३ गरी झापामा एक सय एक जनाको उम्मेदवारी रहेको छ। जसमा झापा क्षेत्र नं १ मा तीन महिलासहित १६ जना, २ मा एक महिलासहित बीस जना, ३ मा अठार जना, ४ मा एक महिलासहित बीस र ५ मा चार महिलासहित २७ जनाको उम्मेदवारी रहेको छ।

प्रकाशित: २४ आश्विन २०७९ ०८:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App