६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

आयोगले सार्वजनिक गर्‍यो समानुपातिक उमेदवारको सूची

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली तर्फका उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको छ।

आयोगले आइतबार बिहान सबै राजनीतिक दलहरुको समानुपातिक सूची सार्वजनिक गरेको हो।

सार्वजनिक भएको  सूचीमा प्रतिनिधिसभा र प्रदेशसभामा गरी कूल ६४९३ जना समानुपातिकतर्फ उम्मेदवार रहेका छन्।

आयोगका अनुसार प्रदेश १ मा ३६ दलले ६६१ जना उमेदवारको बन्दसूचीमा बुझाएका छन् भने मधेस प्रदेशमा ३६ राजनीतिक दलका ९४८ जना उम्मेदवार रहेका छन्। वाग्मती प्रदेशमा ४१ दलका ८२५ उम्मेदवार रहेका छन् भने गण्डकी प्रदेशका ३१ राजनीतिक दलका ३६८ जना उम्मेदवार रहेका छन्।

त्यस्तै लुम्बिनी प्रदेशमा ३२ राजनीतिक दलका ६५७ जना उम्मेदवार,कर्णाली प्रदेशमा २८ राजनीतिक दलका २२२ जना समानुपातिक उम्मेदवार र सुदूरपश्चिम प्रदेशमा ३४ राजनीतिक दलका ३७६ जना उम्मेदवारको नाम बन्दसूचीमा रहेको छ।

प्रकाशित: २३ आश्विन २०७९ ०१:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App