२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

लैङ्गिक समानतालाई व्यवहारमा स्थापित गर्न नसक्नु दुःखद्ः झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले संविधानले स्वीकारेको लैङ्गिक समानतालाई व्यवहारमा स्थापित गर्न नसक्नु दुःखद् भएको बताएका छन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित अखिल नेपाल महिला संघ (समाजवादी) को कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले व्यवहारमा लैङ्गिक समानता स्थापना गर्न अझै धेरै समय लाग्ने बताए।

उनले देशमा पितृ सत्तात्मक शोषणदेखि क्रान्ति, आर्थिक, सामाजिक सांस्कृतिक शोषण, विभेदहरु कायम रहेको भन्दै त्यस्ता विभेदलाई अन्त्य गर्न समाजवादको बाटोमा हिँड्नु बाहेकको विकल्प नरहेको स्पष्ट पारे।

उनले समाजवादले मात्रै समाजमा भएका वर्गिय शोषणलाई समाप्त गर्नसक्ने बताए। हालसम्म महिलाहरुलाई ३० प्रतिशत मात्रै अधिकार दिइएको भन्दै जनसंख्याको हकले महिलालाई ५० प्रतिशत अधिकार दिनुपर्ने बताए। उनले समाजवाद प्राप्त नहोउन्जेल संघर्षलाई जारी राख्नुपर्ने बताए।

नेता खनालले अहिले देशमा निर्वाचन आइरहेको भन्दै आफ्नो पार्टीले निर्वाचनमा बढी भन्दा बढी महिलाहरु सहभागी गराउने प्रतिबद्धता व्यक्त गरे। उनले अझै पनि पार्टी बलियो नभएका कारण समान रुपमा महिलाको सहभागीता गराउन नसकेको बताए।

उनले कुनैपनि संगठन बनाउँदा महिलाहरुलाई प्राथमिकता दिने भन्दै हरेक कमिटीमा महिलालाई प्राथमिकता दिने, प्रशिक्षित गर्ने र जागरुक बनाउने काममा पार्टी लाग्ने बताए। उनले देशमा महिला मुक्ति अभियानलाई अघि बढाउनुपर्ने बताए।

उनले आगामी निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) लाई देशको सबैभन्दा अगुवा, क्रान्तिकारी र सिंगो देशलाई रुपान्तरण र विकास गर्ने अठोटको रुपमा अघि बढ्न आवश्यक रहेको बताए।

प्रकाशित: १३ आश्विन २०७९ १२:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App