४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

संघीय संरचना अनुरुप अपेक्षित विकास हुन सकेनः राज्यमन्त्री श्रेष्ठ

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले संघीय संरचना अनुरुप अपेक्षित विकास हुन नसकेको बताएका छन्। आइतबार नीति अनुसन्धान प्रतिष्ठानको चौथो स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

राज्यमन्त्री श्रेष्ठले अहिले समय सापेक्ष परिवर्तन गर्न सकिएन भने समृद्धि ल्याउन नसकिने जिकिर गरे। उनले विश्वमा द्वन्द्वपछि मुलुकमा विकास भएको उदाहरण रहेपनि नेपालमा भने त्यो हुन नसकेको बताए।  उनले कतिपय नीतिहरु संघीय संरचनाअनुरुप परिवर्तन गरेर जान नसक्दा धेरै समस्याहरु आएको बताए। उनले आउने निर्वाचित सरकारले नीतिहरु परिवर्तन गरी अघि बढ्नसके देशको आर्थिक विकास सम्भव रहेको बताए। उनले देशको आर्थिक अवस्था अहिले पनि दयनीय रहेको उल्लेख गर्दै रेमिट्यान्सबाट पैसा आएन भने राज्य सञ्चालन गर्नै गाह्रो हुने बताए।  

उनले भने, ‘एउटा काम गर्न र नीति बनाउन कति अफ्ठ्यारो छ भने अहिले समय सापेक्ष परिवर्तन गर्न सकिएन भने समृद्धिको बाटो आउँदैन भन्नेकुराको झलक देखिरहेको छ। संविधानको संरचना अनुसारको प्रदेशमा देश लग्यौँ अब विकास हुनुपर्छ। संसारभर हेर्ने हो भने द्वन्द्वपछि धेरै आर्थिक विकास हुनुपर्ने हो। तर अझैपनि मलाई जहाँसम्म लाग्छ, सरकारले धेरै कुराहरु संघीय संरचना अनुरुप अपेक्षित विकास हुन सकेको छैन। नीतिहरु संघीय संरचना अनुरुप जुन चेन्ज गर्नुपर्ने हो त्यो हामीले गर्न सकेका छैनौँ। यसलाई अब आउने निर्वाचित सरकारले परिवर्तन गरेर समृद्धिको लागि अघि बढ्नुपर्छ। अहिले भएको नीतिहरुमा जुन राम्रो भयो भने काम पनि राम्रो हुन्छ, आर्थिक अवस्था हेर्ने हो भने हामी दयनीय अवस्थामा छौँ। रेमिट्यान्सबाट पैसा आएन भने राज्य सञ्चालन गर्नै गाह्रो छ।’

मन्त्री श्रेष्ठले पर्यटन, जलविद्युत, वनजंगल र जडिबुटीहरुलाई कसरी प्रोत्साहन गर्ने भन्नेकुरा अध्ययन अनुसन्धान गरेर नीति बनाए १० वर्षमा नेपाल कायायपलट हुने दाबी गरे।  

प्रकाशित: ९ आश्विन २०७९ ११:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App