१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

१६५ निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त

निर्वाचन आयोगले १६५ वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधसभा र प्रदेशसभा निर्वाचन गराउन आयोगले मुख्य निर्वाचन अधिकृत र अधिकृतहरू नियुक्त गरेको हो।

आयोगले असोज ११ गतेदेखि लागु हुने गरी न्याय परिषद्को सिफारिसमा ७७ जिल्लाका जिल्ला न्यायाधीशलाई सोही जिल्लाको मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरेको छ।

बाँकी ८८ निर्वाचन क्षेत्रमा न्याय सेवा आयोगको सिफारिसमा नेपाल न्याय सेवाका अधिकृतलाई निर्वाचन अधिकृत नियुक्त गरिएको निर्वाचन आयोगले जनाएको छ।  

नियुक्त भएका अधिकृतहरूलाई असोज १२ र १३ गते निर्वाचन व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम राखिएको छ।

प्रकाशित: ६ आश्विन २०७९ ०२:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App