६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिकतर्फ मात्र मत दिन पाउने

मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिकतर्फ मात्र मतदान गर्न पाउने भएका छन्।  

निर्वाचन आयोगले अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिकतर्फमात्र मत दिन पाउने गरी अस्थायी मतदाता नामावली सम्बन्धी कार्यविधि देशभरका जिल्ला निर्वाचन कार्यालयहरुमा पठाएको छ। जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका निर्वाचन अधिकारी दिनेश खनालका अनुसार आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत समानुपातिक निर्वाचन प्रणाली अनुसार हुने निर्वाचनका लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावली संकलनका लागि कार्यविधि र प्रकृयाको सूची पठाएको छ। तर मतदाता नामावली कहिलेबाट संकलन गर्ने भन्ने बारे केहि खुलाइएको छैन। कार्यविधिमा आयोगले अस्थायी मतदाता नामावली संकलन गर्ने कार्यक्रम सहितको सूचना प्रकाशन गर्ने उल्लेख गरिएको छ।  

नेपाल सरकार,प्रदेश सरकार स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थामा कार्यरत कर्मचारी,ब्यारेकमा रहेका नेपाली सेना,नेपाल प्रहरी वा सशस्त्र प्रहरी,कारागारका रहेका थुनुवा र कैदी,निर्वाचनको कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी,नेपाल सरकार,प्रदेश सरकार वा स्थानीय तहले सञ्चालन गरेको वा नेपाल सरकार,प्रदेश सरकार वा स्थानीय तहको स्वीकृति लिई सञ्चालनमा रहेको वृद्धाश्रममा बसेका व्यक्तिको नाम अस्थायी मतदाता नामावलीमा समावेश गर्ने कार्यविधिमा उल्लेख छ। तर कारागारमा रहेका थुनुवा वा कैदीको हकमा निर्वाचन कसुरमा सजाय भोगिरहेका व्यक्तिको नाम भने अस्थायी मतदाता नामावलीमा समावेश गर्न नसकिने आयोगले जनाएको छ।

कार्यविधिमा कर्मचारी भन्नाले नेपाल सरकार,प्रदेश सरकार तथा स्थानीय तहका सबै सेवा,समूहमा कार्यरत स्थायी,अस्थायी र करारमा कार्यरत कर्मचारी सम्झनुपर्ने उल्लेख गरिएको छ। यो शब्दले विद्यालय र विश्व विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीलाई समेत जनाउने कार्यविधिले परिभाषित गरेको छ।  

प्रकाशित: १ आश्विन २०७९ ०६:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App