१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको भ्रमणले ट्राफिक व्यवस्थापन अस्तव्यस्त

तस्बिरः प्रसन गुरुङ/नागरिक<br>

नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले उच्चस्तरीय भेटवार्ता गरीरहँदा काठमाडौंको ट्राफिक व्यवस्थापन भने अस्तव्यस्त बनेको छ।

मंगलबार बिहानदेखि उच्चस्तरीय भेटघाट सुरू भए सँगै सर्वसाधारणले सवारी जाम झेल्न बाध्य छन्। काठमाडौँ उपत्यका ट्राफिक कार्यालयले एक सूचना जारी गरी उपत्यकाका विभिन्न स्थानको ट्राफिक आवागमन प्रभावित हुने भन्दै बैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरेको छ।  

दिउँसो ४ः३० बजे पद्यमोदय, भद्रकाली, सिंहदरबार, माइतीघर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कुपण्डोल, भोटेबहाल, टेकु, कालिमाटी, रविभवन र सोल्टी होटल आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुनेछ।

नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आइपुगेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले मंगलबार बिहान सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्। नयाँबानेश्वरस्थित संसद भवनमा चान्सुले प्रचण्डलाई भेटेका हुन्। यस्तै, संसद भवनमै उनले प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका छन्।  

उनले मंगलबार बिहानै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई पनि भेटेका थिए। उनलाई सोमबार साँझ नै सभामुख अग्निप्रसाद सापकोटाले विमानस्थलमै स्वागत गरेका थिए।

प्रकाशित: २८ भाद्र २०७९ ०८:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App