२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

आगामी निर्वाचनका लागि ताप्लेजुङमा जसपाले सिफारिस गर्‍यो उम्मेदवार

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि जनता समाजवादी पार्टीले ताप्लेजुङबाट प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार सिफारिस गरेको छ।

जसपाले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ केन्द्रीय सदस्य धनकुमार(कुमार)साम्यो,राजनीतिक समिति सदस्य निर्मला तावा र प्रदेश सदस्य चन्द्र मादेनको नाम सिफारिस गरेको छ। प्रतिनिधिसभाको समानुपातिकतर्फ असिम पालुङ्वा,सेन्छेहाङ पोमू र सुजित ओख्राबुको नाम सिफारिस गरेको छ। 

यस्तै प्रदेशसभा १(क)को प्रत्यक्षतर्फ जिल्ला अध्यक्ष कीर्तिमान मादेन,श्री लिङखिम र अमृत लिङ्देन तथा समानुपातिकतर्फ सूर्य तमू,युवराज गुरुङ, कीर्तिमान मादेन,कर्ण पालुङ्वा,अशोक बिक र केन्द्रीय सदस्य सरस्वता सिंघकको नाम सिफारिस गरेको छ। जिल्ला अध्यक्ष मादेनको नाम प्रदेशसभाको समानुपातिक र प्रत्यक्ष दुवैतर्फ राखिएको छ। यस्तै प्रदेशसभा १(ख)को प्रत्यक्षतर्फ नवीन मावोहाङ,सेन्छेहाङ पोमू र डिल्लीजंग साँवाको नाम सिफारिस गरेको छ। प्रदेशसभा १(ख)को समानुपातिकतर्फ गौरी थलङ,प्रवीन चाम्लिङ,अञ्जना शेर्पा,निर्मला तावा र धनराज बिकको नाम सिफारिस भएको छ। तावाको नाम प्रतिनिधिसभाको प्रत्यक्ष र प्रदेशसभाको समानुपातिक दुवैतर्फ राखिएको जसपाले जनाएको छ।

प्रकाशित: २१ भाद्र २०७९ ०९:०८ मंगलबार

जनता समाजवादी पार्टी