२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

बालेनले बन्द गराएकाे विद्युतीय होर्डिङ बोर्ड अदालतद्वारा सुचारू

तस्बिर: अखिलेश त्रिपाठी

काठमाडौं महानगरपालिकाले बन्द गराएको त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड पुन: सुचारू भएको छ।

उच्च अदालत पाटनले उक्त बोर्ड हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालीन अन्तरिम आदेश दिएपछि वर्ल्ड ट्रेड सेन्टरमा रहेकाे डिजिटल होर्डिङ बोर्ड पुन: सुचारू गरिएकाे हाे। 

वर्ल्ड ट्रेड सेन्टरले अनुमतिविना डिजिटल होर्डिङ बोर्ड राखेर विज्ञापन गरिरहेको पाइएपछि महानगरले उक्त डिजिटल होर्डिङ बोर्ड बन्द गराएको थियो।

आफूसँग गरेको सम्झौता विपरीत महानगरले होर्डिङ बोर्ड हटाउने निर्णय बदर गर्न माग गर्दै शकुन्तलाल हिराचन उच्च अदालत पाटन गएका थिए। हिराचनले दिएको रिटमा न्यायाधीश श्यामजी प्रधानको इजलासले बुधबार दुवै पक्षलाई उपस्थित हुन भनेको छ। रिट निवेदक र महानगर दुवै पक्षको बहस सुनेर यो विषयमा अन्तरिम आदेश हुने वा नहुने निर्णय गर्ने अदालतले जनाएकाे छ।

नक्सा पास विपरीतका संरचना हटाउने अभियान चलाइरहेको काठमाडौं महानगरपालिकाले होर्डिङ बोर्डहरू पनि हटाउन थालेको थियाे।

प्रकाशित: २१ भाद्र २०७९ ०६:०९ मंगलबार

उच्च अदालत पाटन विद्युतीय होर्डिङ बोर्ड