२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

नैनसिंह महर कैलाली-४ बाट उम्मेदवार सिफारिस

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर कैलाली क्षेत्र नम्बर ४ बाट उम्मेदवार सिफारिस भएका छन्। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि महर सिफारिस भएका हुन्। उनलाई प्रतिनिधि सभातर्फ उम्मेदवार सिफारिस गरिएको हो।

यस्तै कांग्रेस कैलाली क्षेत्र नम्बर ४ समितिले महरसहित सुनिलकुमार भण्डारी, प्रकाश बम, भोजराज भट्ट, प्रदीपराज जोशी र लक्ष्मीराज पाठकलाई प्रतिनिधि सभा उम्मेदवार सिफारिस गरेको छ।

यो क्षेत्रबाट २०६४ र २०७४ मा तत्कालीन माओवादीका लेखराज भट्ट र २०७० मा कांग्रेसबाट दीर्घराज भाट निर्वाचित भएका थिए। लेखराज भट्ट अहिले नेकपा एमालेमा छन्।

प्रकाशित: १६ भाद्र २०७९ ०७:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App