४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विधायन व्यवस्थापन समितिको बैठक बस्दै,नागरिकता विधेयकमाथि छलफल हुने

आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ। बैठक मध्यान्ह १२ बजे समितिको बैठक कक्षमा बस्नेछ।  

बैठकमा नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ माथि छलफल हुनेछ।

राष्ट्रपति विद्या भण्डारीले संशोधन विधेयक प्रमाणीकरण नगरी फिर्ता पठाएको सन्देश आइतबार राष्ट्रियसभाको बैठकमा प्रस्तुत गरिएको थियो।  

बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गरेको राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको विधेयक संसदीय समितिमा छलफलका लागि पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरिएको थियो।

प्रकाशित: १३ भाद्र २०७९ ०४:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App