२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

काठमाडौं मलले नक्सा पास नगरे महानगरले मलकाे भवन भत्काउने

कर्मचारी सञ्चय कोषको भवन ‘काठमाडौं मल’ को नक्सा पास र भवन निर्माण इजजात दुवै नभएको पाइएको छ।  

आइतबार कर्मचारी सञ्चय कोषका पदाधिकारी काठमाडौं महानगरपालिका बिच भएको छलफलमा कोषको नक्सा पास र भवन निर्माण इजजात दुवै नभएको पाइएको हो।

कर्मचारी सञ्चय कोषले महानगरपालिकाबाट नक्सा पास नभएता पनि भवन निर्माण गरेको थियो।

सञ्चय कोषले नक्सा पास र भवन निर्माण इजजात दुवै नगरेमा महानगरले भवन भत्काउने काठमाडौं महानगरका मेयरकाे स्वकीय सचिव भुपदेव साहले बताए।

उनले भने,'यही विषयको बारेमा अहिले छलफल भइरहेको छ। यो कुरामा सञ्चय कोषले अटेर गरिरहेको छ। यदि सञ्चय कोषले नक्सा पास र भवन निर्माण इजजात दुवै नगरेमा महानगरले भवन भत्काउँने छ।'  

पछिल्लो समय काठमाडौं महानगरले अवैध संरचना भत्काउने अभियान थालेको छ। 

प्रकाशित: १२ भाद्र २०७९ ११:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App